Search
Close this search box.
Search
Close this search box.

इलाममा चियाको पहिलो टिपाइ सुरु

chiya 1 1

इलाम । इलाममा ‘फस्र्ट क्लास’ अर्थात् चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वका साथ लिने गर्छन् । वर्षभर उत्पादन हुने चियामध्येको सबैभन्दा गुणस्तरीय र राम्रो मूल्यमा बिक्री हुने पहिलो चरणको हरियो पत्तीको मूल्य पनि राम्रै हुने गरेको छ ।

चिया टिपाइ सुरु भएसँगै सूर्योदय नगरपालिकास्थित सुन्दरपानीको गोर्खा टी स्टेटले किसानबाट लिने हरियो पत्तीको मूल्य नै निर्धारण गरेको छ । पूर्णरूपमा अर्गानिक तयारी चिया उत्पादन र तेस्रो मुलुक निकासी गर्ने गोर्खा टी स्टेटले आगामी दुई वर्ष तीन समूहमा चियाको मूल्य निर्धारण गरेको जनाएको छ । गोर्खाले ‘ए ग्रेड’मा दुई पात एक सुइरो ८० प्रतिशतभन्दा माथि भएको हरियो चियालाई प्रतिकिलो ९७ रुपियाँ ५० पैसा किसानलाई दिने भएको छ ।

यस्तै ‘बी ग्रेड’मा ८० प्रतिशतभन्दा कम सुइरो भएको चियालाई प्रतिकिलो ६५ रुपियाँ ५० पैसाका दरले किसानलाई उपलब्ध गराउने भएको छ । ‘सी गे्र’ अर्थात् बी ग्रेडभन्दा कमसल चियालाई ३८ रुपियाँ ५० पैसा प्रतिकिलोका दरले किसानलाई दिने गोर्खाले जनाएको छ ।

EPIC

गोर्खाले गत वर्ष किसानलाई हरियो चियाको मूल्य प्रतिकिलो ८७ रुपियाँ ५० पैसाका दरले दिएको थियो । गोर्खा टीले आफूलाई चिया बिक्री गर्ने किसान र सहकारीहरूलाई प्रतिकिलो पाँच रुपियाँ चिया सङ्कलनका लागि दिने गरेको छ ।

EPIC EPIC EPIC

यस्तै उद्योगमै चिया पुर्याउने किसान र सहकारीलाई प्रतिकिलो थप पाँच रुपियाँ दिने गरेको गोर्खा टी स्टेललाई चिया बिक्री गर्दै आएको कोल्बुङस्थित इको चिया सहकारी संस्थाका व्यवस्थापक गणेश अर्यालले बताए ।

EPIC

गोर्खा टी स्टेटले निकासी गर्ने जर्मनस्थित खरिदकर्ताले ‘मार्केट बोनस’का रूपमा कम्तीमा प्रतिकिलो तीन रुपियाँका दरले सोझै किसानको बैङ्क खातामा पठाउने तयारी गरेको उनले बताए । इको चिया सहकारीले पनि यस वर्ष दुई सय किलो फस्र्ट क्लास चिया बिक्री गरिसकेको जनाइएको छ ।

मिति २०७९ चैत्र ८ गतेको पालिका सन्देश समप्ताहिक पत्रिकामा प्रकाशित

EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *