Search
Close this search box.
Search
Close this search box.

एकल पुरुषलाई भत्ता वितरण

EPIC

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले बिहीबार आज एकल पुरुषहरुलाई निर्वाह भत्ता वितरण गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजित कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले गाउँपालिकाका ८८ जना एकल पुरुषलाई मासिक २ हजारका दरले तीन महिनाको ६ हजार रुपैयाँ वितरण गर्नुभएको हो ।

गाउँ सभाबाट स्वीकृत आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम अनुसार अहिले सम्म अविवाहित रहेका, श्रीमतीको मृत्यु भएका वा अन्यत्रै विवाह गरी एकल भएका पुरुषहरुलाई सामाजिक सुरक्षाको रुपमा निर्वाह भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो । अध्यक्ष मोक्तानका अनुसार यो वर्षको माघ, फाल्गुन र चैत गरी तिन महिनाको निर्वाह भत्ता वितरण गरिएको छ ।

EPIC

भत्ता रकम वितरण गर्दै गाउँपालिकाका अध्यक्ष मोक्तानले आफूले चुनावी दौडमा नागरिकसँग गरेको प्रतिबद्धता अनुसार नै एकल पुरुषहरुलाई भत्ता वितरण गरिएको बताउनुभयो । अब वैशाख पछि तिन तिन महिनामा बैंक खाता मार्फत भुक्तानी गरिने अध्यक्ष मोक्तानले बताउनुभयो । उहाँले बुढेसकालमा विभिन्न कारणले एकल भएका गाउँका पुरुषहरुलाई आफ्ना सन्तानहरुले समेत हेरचाह नगरी हेलामा पर्ने गरेको भन्दै त्यस्ता एकल पुरुषको सुरक्षाका लागि पनि भत्ता वितरण महत्त्वपूर्ण भएको बताउनुभयो ।

संघीय सरकार र प्रदेश सरकारले समेट्न नसकेका एकल पुरुषहरुको सहज जीवनयापनका लागि कार्यविधि नै बनाएर भत्ता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो । कार्यविधि अनुसार दलितको हकमा ५० वर्ष पुरा गरेको तर ६० नपुगेका, अविवाहितको हकमा ४५ वर्ष पुरा गरेका तर ६८ वर्ष नपुगेका र अन्य समुदायको हकमा ५० वर्ष पुरा गरेका तर ६८ वर्ष नपुगेका एकल पुरुषहरुलाई निर्वाह भत्ता वितरण गरिएको अधिकृत दर्जीले बताउनुभयो ।

EPIC EPIC EPIC

प्रमुख प्रशासकीय अधिकृत दर्जीले भत्ता बापत पाएको रकमले आफ्नो दैनिक गुजरा चलाउन आवश्यक पर्ने सामानमा मात्रै खर्च गर्न आग्रह गर्नुभएको छ । त्यस्तै गाउँपालिकाले आमा बुवा नभएका बालबालिकाहरुलाई पनि भत्ता वितरण गरेको छ । आमा बुवा नभएका ४६ बालबालिकाहरुलाई जनही १३ हजार ४३ रुपैयाँका दरले भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।

EPIC
EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *