Search
Close this search box.
Search
Close this search box.

चरेससहित भारतमा दुई नेपाली पक्राउ

दार्चुला । चरेससहित भारतमा दुई नेपाली पक्राउ परेका छन् । उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल नयाँबस्तीबाट महाकाली नगरपालिका–६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका–१ पिपौलचौरीका २६ वर्षीय रवि कुवँरलाई पक्राउ गरेको हो ।

तीन किलो ६८० ग्राम चरेशसहित उनीहरूलाई सोमबार बेलुकी ७ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ ।

बरामद गरिएको चरेश दार्चुला नाकाबाटै भारत लगिएको आशङ्का गरिएको छ । भारतको धारचुला क्षेत्रमा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

EPIC
EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *