Search
Close this search box.
Search
Close this search box.

झापाबाट एकै महिनामा दुईहजार बढी युवा विदेशिए

dsc 6983

झापा । रोजगारीका लागि फागुन महिनामा झापाबाट दुई हजार भन्दाबढी युवा बिदेशिएका छन् । अवसरको खोजी गर्दै विदेशिनेमा झापाका युवाको संख्या उल्लेख्य हो । सबैभन्दा धेरै धनुषाका युवा विदेशिएका छन् ।

फागुनमा झापाबाट २ हजार ७३५ जना युवा विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । झापा भन्दा धेरै धनुषाबाट ३ हजार १२९ युवा विदेशिएको विभागको तथ्यांक छ ।

विभागका अनुसार एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । यो संख्या माघको तुलनामा भने केही कम हो । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए ।

EPIC

मिति २०७९ चैत्र ८ गतेको पालिका सन्देश समप्ताहिक पत्रिकामा प्रकाशित

EPIC EPIC EPIC
EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *