Search
Close this search box.
Search
Close this search box.

निर्वाचन र जनताको अपेक्षा

EPIC

– सुरज खनाल


हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन र अबको नेपाली राजनीति कस्तो रहला त ! नेपाली जनताका अपेक्षाहरु प्राप्तिका निमित्त अब गठन हुने सरकार अनि यसका कार्यक्रमहरु प्रभावकारी होलान त ? जनताको अपेक्षा बमोजिमका दिगो आर्थिक बिकास र सामाजिक जिवनमा परिवर्तन के सम्भव होला त ? यी र यस्ता यावत कुराहरु आज आम जनमानसका सामु चर्चाको बिषय बनेको छन् ।

EPIC


विश्व नवपँुजीबादको उदयमा रमाईरहँदा नेपाल र हाम्रो जस्ता देशहरु जो आजपनि राजनैतिक परिवर्तनका एजेन्डा बोकी समाजवाद पुँजीवाद भन्दै अर्थहिन राजनैतिक उतारचढाब र नेतृत्वको स्वार्थका बिच रुमल्लिरहेको यथार्थ हाम्रो सामु छ । हामी आम जनताका अपेक्षा एकातिर छ्न भने हाम्रो नेतृत्वपंति आफ्नो र आफ्नो दलिय स्वार्थका निमित्त आफ्ना एजेन्डाहरुलाई थन्काई अर्को तर्फ लम्केको स्पष्ट मार्ग देख्न सकिन्छ । सार्वजनिक प्रशासनको संरचनागत तहमा प्रहार गरि आफ्नो स्वार्थसिद्दीका निमित्त क्षत्बिक्षद् पारिएको छ भने अर्को तर्फ अस्थिर सरकारको कारणले नीतिगत तहमा स्थिरता नहुनाले देश एउटा भयंकर ठूलो अड्चनमा परेको सार्वजनिक प्रशासनको कार्यसम्पादनबाट स्पष्ट पाउन सकिन्छ ।


बिपी तथा मदनको नाम भचाएर आजसम्म आफ्नो राजनैतिक करियर अगाडी बढाएका नेपालका बर्तमान पुस्ताका नेतृत्वबाट अब न त नयाँ बैचारिक अवधारणा पाउन सकिन्छ न त अर्को तर्फ नयाँ कार्यगत अवधारणा नै । फलस्वरुप जनताले आफ्ना राजनैतिक आस्था र त्यागलाई एकातर्फ थाती राख्दै बैकल्पिक राजनितीलाई बिस्तार बिस्तार प्रशयदीई अगाडी धकेल्दै गरेको बर्तमान छ । बर्तमान निर्वाचनले दिएको यो स्पष्ट संदेशबाट अब पनि राजनैतिकदलहरु अन्जान रहे नेपालमा हरेक दश पन्ध्र बर्षमा जनताले आत्मासाथ गरिरहेको राजनैतिक परिवर्तनको साक्षत हामीले अब हुनु पर्ने दिन टाढा रहन पनि सकिन्न ।

EPIC EPIC EPIC


नेपालमा भएका हरेक राजनैतिक परिवर्तन र यसबाट अपेक्षित परिणाम सुखद छैनन । चाहे त्यो २००७ सालको परिवर्तन होस या पछिल्लो २०६२–६३ को परिवर्तन होस् । हाल आएर जनताले एक किसिमको परिवर्तन खोजेका छ्न र त्यसको सारमा युवा पुस्तालाई अग्रभागमा ल्याएका छ्न । यस्तो परिवर्तन शायदै नेपालको इतिहासमा पाउन मुस्किल छ । संसदमा करिब करिब पचास प्रतिशत युवा पुस्ताको अब बाहुल्यता हुँदै छ र अबको संसदको बहस पक्कै पनि केही फरक हुने हामी आम जनताको अपेक्षा छ । जसले नेपालका राजनैतिकदलहरुको भबिष्यको लेखाजोखा समेत गर्ने छ । पुराना राजनैतिक दलहरुका आधार किल्ला भत्काई नव प्रबेशीका रुपमा उदाएका रवि लामिछाने तथा उनको दलको भुमिका संसद तथा सरकार निर्माणमा कस्तो रहला त पर्ख र हेरको स्थितिमा जनताका पोखिएका अपेक्षाहरु रहेका छ्न् ।

EPIC


सार्बजनिक प्रशासनमा रहेको सिथिलता र नीतिगत अस्थिरताबाट देश पश्चगमन तर्फ धकेलिएको अवस्थामा अब निर्वाचन पछि के होला त ? रोकिएका र गति लिन नसकेका बिकासका कार्यहरुले गति लेलान त ! हाम्रो सार्वजनिक खरिद प्रक्रिया र ठेक्का ब्यवस्थाको समय अनुकुल पुनर्बिचार होला त ! भन्सार ब्यवस्थितीकरण, उत्पादनमुलक ब्यवसाय र उद्योगहरुको दिगो ब्यवस्थापन तर्फ कस्तो नीति अब बन्ने नीति निर्माताले बनाउलान त । हामी सङ्ग भएका अथाह प्राकृतिक स्रोत र साधनहरुको समुचित उपयोग र ब्यवस्थापनबाट हाम्रो खनिज उत्खनन् कार्य सम्भव तुल्याउलान त ! बिद्युतिकरणको माध्यमबाट नेपालबाट हुने ठूलो खनिजतेलको आयात प्रतिस्थापनका निमित्त कस्तो नीति तर्जुमा होला त । शिक्षा तथा स्वास्थ्यको नाजुक अवस्थालाई कसरी सम्बोधन होला त ? यस्ता हजारौं कुराहरुलाई समय अनुकुल सम्बोधन हुन आवश्यक छ र यस्ता कार्यलाई अब बन्ने ससदले यथोचित ठहर्याई सम्बोधन गर्न आवश्यक छ ।


देश बिकासको कोशे ढुङ्गाको रुपमा पुँजीगत खर्च समयानुकूल बनाउनका निमित्त सबैभन्दा पहिला ब्यवस्थापन सुचना प्रणालीलाई पुँजीगत क्षेत्रको कार्य सम्पादन सङ्ग जोडेर दैनिक अनुगमन गर्न आवश्यक छ । यसका निमित्त संसदले एउटा अलग समिति बनाई दैनिक भर्चुअल जानकारी प्राप्त गर्ने ब्यवस्था मिलाईनु जरुरी छ । देशमा भौतिक निर्माणको गतिलाई तिब्रता कस्तो होला त यो सबै भन्दा पेचिलो विषय अब पक्कै पनि बन्नेनै छ ।


यसरी जनताका हरेक आशा अनि अपेक्षा अब बन्ने सरकार र संसदसंग जोडिएका छन् । जहाँ जनताले अब ढिलासुस्ती बेथिती र भ्रष्टाचार अन्त्य गर्न एउटा छरितो अनि प्रभावकारी सरकारको आवश्यकता महशुस गरेका छन् । जसका निमित्त हरेक पार्टीका जिम्मेवार तहमा आशिन अब हरेक युवापुस्ताका नेतृत्वले समयमै सोच बिचार अनि मनन् गरि आफ्नो नेतृत्वलाई दबाब मुलक परिस्थिति शृजना गर्नुपर्ने छ । हरेक मुद्दामा हरेक पार्टीबाट समन्वयात्मक भुमिका आवश्यक छ र यसका निमित्त सबैलाई एउटा साङ्ग्लोमा बाधेर देशलाई अब अघि बढाउन युवाहरु हस्तक्षेपकारी भुमिकाबाट अघि बढ्नुनै पर्ने छ । देशले एकफेर युवा पुस्तालाई आशा अनि भरोसा गरि जिम्मेवारी सुम्पेको छ । सायदै यो संसदीय कार्यकाल नेपाली जनताले पुराना पार्टीका नेतालाई आफ्नो अस्तित्व रक्षाका निमित्त प्रदान गरेको एउटा स्वर्णिम अवसर हुनेछ ।

EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *