Search
Close this search box.
Search
Close this search box.

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जनालाई ५ दिन हिरासतमा

20230321 173251
EPIC

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई पाँच दिन थुनामा राख्न प्रहरीले अनुुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

EPIC

पक्राउ परेपछि पनि नाराबाजी गर्न नछाडेपछि प्रहरीले एक युवाको मुख समेत थुनेको थियो । अरु नै आयोजक रहेको कार्यक्रममा गएर जथाभावी होहल्ला गर्ने र विथोल्ने प्रयास भएकाले तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजाल बताउँछन् ।

‘उनीहरुले आफूलाई स्वतन्त्र युवा अभियानका सदस्य भनेर चिनाएका छन्’, रिजालले भने, ‘थप प्रहरी वृत्त, बानेश्वरबाट अनुसन्धान भइरहेको छ ।’ जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार यसरी पक्राउ पर्नेमा बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र खोलुम्बुका उद्धव बस्नेत छन् ।

EPIC EPIC EPIC
EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *