Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिको भोटेटारमा बैशाखबाट साप्ताहिक कृषि बजार लाग्ने

1679374823061
EPIC

पालिका सन्देश । बुद्धशान्ति–१ भोटेटारमा साप्ताहिक कृषि बजार लाग्ने भएको छ । आगामी बैशाख १ गतेबाट लाग्ने नमूना–शुक्रबारे कृषि बजारका लागि आवश्यक तयारी भइरहेको छ । स्थानीयहरुको सकृयतामा आफ्नै क्षेत्रका उत्पादनहरुको प्रबर्धनका लागि कृषि हटिया संचालनको तयारी गरिएको बजार व्यबस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बुले जानकारी दिएका छन् । लिम्बुका अनुसार स्थानीय स्तरमै उत्पादन हुने कृषी र पशुजन्य उत्पादनहरुले उचित बजार नपाएकाले कृषि बजार संचालन गर्न लागिएको उनले बताए ।

EPIC

केही वर्ष अघिसम्म सो क्षेत्रमा स्वस्फूर्त रुपमा इलामको रोङ र अर्जुनधारा क्षेत्रका मानिसहरू बजार भर्न आउने गरेको भएपनि ब्यबस्थित बन्न नसक्दा बजार मासिएको वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्ले बताउँछन् । हामीले घोषणापत्रमै शुक्रबारे बजारको व्यबस्थापन गर्ने भनेर उल्लेख गरेका थियौँ अहिले स्थानीयकै सक्रियतामा बजार लाग्ने भएपछि वडाले सबै किसिमको सहयोग गर्छ । प्रदेश सरकारबाट हामीले केही बजेट निकाशा गराउन समेत सफल भैसकेका छौँ, उनले भने,– कृषि उपज आफ्नै स्थानीय बजारमा बेच्न पाइने भएपछि कृषक पनि हर्षित भएका छन् ।

हामीले घरमै उत्पादन गर्ने कुखुरा, अण्डा, बाख्रा, खसि, बोका, सँुगुर र सागसब्जी बेच्न पायौँ भने नुनतेल किन्ने पैसा कमिन्थ्यो कि भन्ने छ, भन्छन् स्थानीय सन्तबहादुर योङ्हाङ । बजार ब्यबस्थापन समितिले यतिबेला धमाधम तयारी गरिरहेको छ । पहिलो चरणमा टहरा निर्माणको काम सम्पन्न भएको र प्रचारप्रसारका लागी मेला लगाउने तयारी भइरहेको प्रचारप्रसार समितिका संयोजक चन्द्र कोइराला पालिका सन्देशलाई बताउँछन् । उनका अनुसार हाट–बजार शुरु गर्नुपूर्व सो स्थानमा मेला लगाउने र बजारको उद्घाटन गर्ने उल्लेख गरेका छन् । कृषि बजार नयाँ वर्षको पहिलो दिन अर्थात २०८० बैशाख १ गतेबाट शुरु हुनेछ ।

EPIC EPIC EPIC
EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *