Search
Close this search box.
Search
Close this search box.

मेन्टल सफ्ट्वेयर : मानिसको सुख वा दुःखको कारण

EPIC
  • नारायण अधिकारी

हरेक व्यक्तिको मानसिक अवस्थालाई निर्देशित गर्ने सफ्टवेयरलाई मानसिक सफ्टवेयर भनिन्छ । हरेक व्यक्तिहरु फरक फरक दृष्टिकोण,विचार,विवेक,सोच,आनिवानी आदि भएका हुन्छन्, जसको कारण हरेक व्यक्तिको मानसिक सफ्टवेयर फरक हुन जान्छ। व्यक्तिको मानसिक सफ्टवेयर निर्माण प्रक्रियामा केही भाग पैत्रृक र धेरै भाग व्यक्ति स्वयंले निर्माण गर्दछ ।

एउटा मानिसको शुरुवात आमाको गर्भमा बनेको एउटा पूर्ण कोष जाईगोटबाट हुन्छ, जुन कोष बाबुको लैङ्गिक कोष (स्पर्म) र आमाको लैङ्गिक कोष (ओभा)मा रहेका २३/२३ ओटा क्रोमोजोम मिली बन्ने २३ जोडी ४६ ओटा क्रोमोजोमबाट बन्दछ।

EPIC

उक्त क्रोमोजोममा रहेका जीनहरुमार्फत पैत्रृक गुणहरु सन्ततीमा सर्दछन् ।यो गुण नै हरेक व्यक्तिको मानसिक सफ्टवेयरको आधार हो । बाबु आमाका लैङ्गिक कोषहरुको स्वस्थता, शरीरमा रहेको पोषक तत्व,रोग प्रतिरोध क्षमता, एन्टिबायोटिक र अन्य औषधिको सेवन,सकारात्मक र नकारात्मक सोचको कारणले उत्पन्न हर्मोनले रगतमा पार्ने असर, विभिन्न रोगहरु,आहारविहार आदिको असर बच्चामा पर्ने हुँदा बच्चाको शारीरिक विकास एवम् मानसिक र संवेगात्मक विकासका आधारमा व्यक्तिको मानसिक सफ्टवेयरको आधार बन्न जान्छ।

जब बच्चा जन्मन्छ तब पोषण,खोप,स्याहारसुसार,पारिवारिकधारणा,सोच,सँस्कार,अनुशासन,धर्म,रितिरिवाज,भूमिका,आर्थिक अवस्था,बाबुआमाको पेशा,सामाजिक मान्यता, आदर्श,घरायसी र सामाजिक वातावरण,शिक्षा,साथिभाई आदिको आधारमा सो बच्चाको मानसिक विकास हुँदै मानसिक सफ्टवेयरको पनि विकास हुँदै जान्छ।

EPIC EPIC EPIC

शारीरिक विकाससँगै विभिन्न चरणमा आऊने नकारात्मक सोच व्यवहारमा लागु भएमा नकारात्मक सफ्टवेयरको विकास हुनेहुँदा अभिभावकहरु सकारात्मक भूमिका रहनु पर्दछ। समाजमा रहेका हरेक व्यक्तिको मानसिक सफ्टवेयर फरक हुने हुँदा सोच पनि फरक फरक हुन्छ। सकारात्मक र परिपक्व मानसिक सफ्टवेयरको विकास,परिमार्जन र त्यसको जीवनमा प्रयोगद्वारा नै सामान्य जीवनस्तरका व्यक्तिहरु महान बनेका छन्।

EPIC


धेरै व्यक्तिहरु जुन स्तरमा जन्मिन्छन्,सोही स्तरमा उनिहरुको मृत्यु हुने गर्दछ । आधारभूत आवश्यकता पुरा गर्न ,आँफु र आफनो परिवारको हेरचाहमा नै ऊनीहरुको जीवन समाप्त हुन्छ । केही व्यक्तिहरु परिवारलाई व्यवस्थित बनाउँदै सामाजिक कार्यमा सहभागि हुँदै गाऊँ,समाज,पालिका,जिल्ला,प्रदेश हुँदै मुलूकभरी आफनो पहिचान बनाऊन सफल हुन्छन् ।कोही यस्ता व्यक्ति हुन्छन्,जो एऊटा गाऊँमा सामान्य परिवारमा जन्मेर विश्वमा योगदान दिई अन्तर्राष्ट्रिय व्यक्तित्व बन्दछन् ।केही व्यक्तिहरु साधक,सिद्ध र आराध्य बन्दै बुद्धत्व प्राप्त गर्न सफल हुन्छन् ।


महान व्यक्तिहरुको दिनचर्या,सोच र चिन्तन औसत व्यक्तिहरुको भन्दा फरक हुन्छ । महान व्यक्तिहरु जीवन दर्शन,दृढ ईच्छाशक्ति,आवश्यकताको पहिचान,योजना निर्माण र कार्यान्वयन,समाजिक पहिचान र योनदानका बारेमा चिन्तन गर्दछन् ।
ऊनीहरु ध्यान९मेडिटेशन०,योगा,अभ्यास,सकारात्मक चिन्तन, अन्तर्क्रीया, अध्ययन,साधना,सफ्ट स्किलको विकास,जीवनको महत्व,गतिशिल शरिर,स्थिर मन,ऊर्जाशिल मस्तिष्क,फराकिलो सोच आदिको क्षेत्रमा आफुलाई क्रियाशिल राख्दछन् ।
भने कतिपय व्यक्तिहरु अप्राकृतिक दिनचर्या,खानपानमा ध्यान नदिने,सांघुरो सोच,झैझगडा गर्ने, अरुको बारेमा नकारात्मक टिका टिप्पणी गर्ने आदि स्वभावका हुन्छन् ।

वृहद् मेन्टल सफट्वेयरकै कारण सालनालसँगै सडकमा भेटिएका एऊटा बच्चा पछि डा।योगी विकासानन्द भई मनोक्रान्तिको व्याख्याता र कुशल मोटिभेटरको रुपमा ऊदाए । डा।भिमराव अम्वेडकर भारतको सामान्य दलीत परिवारमा जन्मिएर स्वतन्त्र भारतको संविधान मस्यौदा समितिको संयोजक भई जातीय भेदभाव कानूनी रुपमा अन्त्य गर्न सफल भए ।

क्रिष्टियानो रोनाल्डो १५ वर्षको हुँदा मुटुको गम्भिर समस्याका कारण फूटबल खेल नखेल्न डाक्टरहरुले सुझाव दिँदापनि शल्यक्रियापछि खेलजीवनमा सफलता हासिल गरी विश्वविख्यात फूटबल खेलाडि बने । फरक क्षमता भएकी शारिरीक रुपमा अशक्त झमक कुमारी घिमिरेलाई जीवन काँडा कि फूलले अग्लो परिचय दिएको छ ।

फरक क्षमता भएका पक्षघातबाट पिडित स्टिफन हकिङ्सले खगोल तथा ब्ल्याकहोल सम्बन्धि नयाँ खोज र अनुसन्धान गरी वैज्ञानिक बने । जुकरवर्कले मोवाइृलको धेरै प्रयोग गरेर परिवार चिन्तित भएको वेला फेसबुकको निर्माण गरे । बाल्यकालमा मन्द बुद्धिका अल्बर्ट आईन्सटाईनले सापेक्षताबादको सिद्धान्त प्रतिपादन गरी प्रमाणित गरेर शताब्दी वैज्ञानिक बने ।

पटक पटक असफल भएका चिनका ज्याकमाले चिनमा अलिबाबा कम्पनी स्थापना गरी चिनका सर्वाधिक धनिको सूचिमा परे ।
विल गेट्सले माइक्रोसफ्ट कम्पनी मार्फत आफुलाई सफल र सम्पन्न बनाऊन सक्षम भए । विनोद चौधरी, मुकेश अम्बानी लगायत विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने व्यक्तित्वहरुमा मेन्टल सफ्टवेयरको सफल उपयोग भएको हो भन्न सकिन्छ ।

अन्तर्राष्ट्रिय मोटिभेटर डा।विवेक विन्द्राका अनुसार हरेक व्यक्तिले अफ्नो सोच, क्षमता र योग्यताको वास्तविक पहिचान गरी सोहि क्षेत्रमा योजना निर्माण गरी गहिराईमा जाने र सामान्य कुराहरुमा नअल्झने गरीको मेन्टल सफ्टवेयरको विकासबाट मात्र व्यक्तिहरु महान्,सफल र चर्चित बनेका छन् ।

डा। योगि विकासानन्दका अनुसार मानिसमा दुःख र चिन्ता पैदा गर्ने कारण शररि,मन,भावना र चेतनाको अवस्था हो। शररिमा हुने दुःखको समाधानकालागि उचित उपचार,योगा,शारिरीक व्यायाम,खानपिन,आहार विहार आदिमा ध्यान पुर्याऊनु पर्दछ। मनको कारणले हुने दुःखको समाधानकालागि सकारात्मक सोच,स्थिर मन,गतिशिल शरिर,फराकिलो दृष्टिकोण,आत्मविश्वास,ध्यान,योगा आदि आवश्यक पर्दछ,जसबाट इन्डोरफिन्स (खुशि बनाऊने हर्मोन) र सेरेटोनिन (भाव बनाऊने हर्मोन) ऊत्पन्न भई मनमा शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

भावना ९हृदय० को कारणले हुने चिन्ता हटाऊन सामान्य कुराहरुमा बढी ध्यान नदिनु,सङ्कुचित सोच नराख्नु,अरुसँग तुलना नगर्नु,अधिकतम रुपले साधन र स्रोतको बुद्दिमतापूर्वक परिचालन गर्नु,जीवनलाई रचनात्मक र गतिशिल बनाऊनु जस्ता सकारात्मक मेन्टल सफ्टवेयरद्वारा भावना स्वच्छ र शान्त बन्दछ। मानिस चेतनाको कारणले पनि दुःखी बन्दछ।चेतना ज्ञानबाट प्राप्त हुन्छ।अध्ययन,चिन्तन,मनन,अनुभव,विचार,छलफल,दृष्टिकोण आदिबाट चेतनाको विकास हुन्छ, जसको केन्द्र मस्तिष्क हो। कुनैपनि घटना वा परिवेशलाई वहुआयामबाट हेर्ने,घट्नालाई सकारात्मक र स्वभाविक रुपले ग्रहण गर्ने,नकारात्मक धारणाबाट उत्पन्न हर्मोनले रगत प्रदुषित गर्ने हुँदा उक्त आवेगलाई छिट्टै ९४ मिनेट भित्र सकारात्मक बनाऊन प्रयत्न गर्ने जस्ता कार्यले चेतनाको कारणले हुने दुःख र चिन्तालाई हटाऊन सकिन्छ ।

एऊटै विषयवस्तुको व्याख्या र त्यसबाट ग्रहण गर्ने कुरा व्यक्तिअनुसार फरक हुन्छ किनकी व्यक्तिले वनाएको मानसिक सफ्टवेयरमा सो निर्भर रहन्छ ।कुशल मानसिक सफ्टवेयरको निर्माण,परिमार्जन र विकासबाट हरेक व्यक्तिले आफुलाई महान,सफल,उत्कृष्ट र आदर्श बनाऊन सक्दछ ।

लेखक शान्ति आदर्श मावि शान्तिनगरका बिज्ञान बिषयका शिक्षक हुनुहुन्छ।

EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

2 Responses

  1. मलाई नारायण भाईले लेखेको लेख ज्यादै उपयोगी र सान्दर्भिक समेत लाग्यो। यो त राष्ट्रिय स्तरको आर्टिकल छ। यस्तो स्तरिय लेख नेपालका ठुला भनिएका पत्र पत्रिकामा समेत विरलै पढ्न पाइन्छ। इन्डोरफिन्स र सेरेटोनिनको बारेमा राम्रोसंग बुझ्ने मौका पाएँ। मेन्टल सफ्ट्वेयरलाई हामी जसरी प्रयोग, उपयोग र अभ्यास गर्छौं, सोहीरूपमा हाम्रो मानसिक विकास पनि हुँदै जान्छ भन्ने मूल आशय सुन्दर लाग्यो। यति राम्रो बौद्धिक लेख लेखेकोमा नारायण भाईलाई बधाई तथा यस्तै अरू पनि खोजमूलक सामग्री लेख्न, प्रकाशन गर्न जाँगर मिलोस् भन्ने चाहन्छु। मेरो गाउँ ठाउँबाट प्रकाशन हुने पालिका सन्देशको समेत उत्तरोत्तर प्रगति, अझ विस्तारको शुभकामना व्यक्त गर्दछु। धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *