Search
Close this search box.
Search
Close this search box.

मुस्लिम समुदायहरूको पवित्र रमजान शुक्रबारदेखि

EPIC

इस्लाम धर्मावलम्बीको सबभन्दा ठूलो पर्व रमजान रोजा आइतबारदेखि सुरु हुँदै छ । खाडी मुलुक सउदी, कतारलगायतका देशहरूमा बिहीबारदेखि नै सुरु भए पनि नेपाल, भारत, पाकिस्तान, बगंलादेशलगायत दक्षिण एसियामा शुक्रबारदेखि रोजा हुँदै छ ।

बिहीबार साँझ चन्द्रमा देखेपछि जनकपुरसहित नेपालभरिका मुस्लिम सामुदाय शुक्रबारदेखि रोजा बस्नेछन् । रोजा ९व्रत० हरेक मुस्लिम सामुदायका बालिग महिला तथा पुरुषमा अनिर्वाय गरिएको छ । इस्लाम धर्मका पाँच अधारस्तम्भ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा एक हो । इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा देखेपछि रमजान सुरु हुन्छ ।

EPIC

रमजान महिनाभर ३० दिनसम्म मुस्लिम समुदय रोजा गर्छन् । रोजामा मुस्लिम समुदायका महिला तथा पुरुष दिनभर केही नखाइ व्रत बस्छन् । रोजा बस्नेहरूले सूर्य उदाउनुअघि र सूर्य अस्ताएपछि मात्र अन्नजल ग्रहण गर्छन् ।

EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *